बुकिङ खुलिसक्यो ‘मितज्यू’ र ‘काजी’ को

0 Shares

FRIDAY FILM 
शुक्रबार,अर्थात् ८ जेठबाट एकसाथ दुई नयाँ नेपाली फिल्म–‘मितज्यू’ र ‘काजी’ प्रदर्शनमा आउदैछन् । चर्चित कलाकारहरुले भरिएका दुवै फिल्मको टिकट बुकिङ खुला भइसकेको छ ।

नेपाली फिल्मको अग्रीम टिकट बुकिङ भन्दा बढी ‘डोर सेल’ हुने गरेको छ । त्यसकारण, दुवै फिल्मले अब्बल ब्यापार गर्ने पक्का देखिन्छ ।

अनिल बुढा मगर निर्देशीत ‘मितज्यू’ जनक घर्ती मगरले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई,सौगात मल्ल,तेरिया मगरलगायतका कलाकारको अभिनय हेर्न पाइने छ । रामप्रसाद रिजालको निर्माण र लक्ष्मण रिजालको निर्देशनमा बनेको ‘काजी’ मा बिपीन कार्की,केकी अधिकारी र गरिमा शर्मा मुख्य भूमिकामा छन् ।

सम्बन्धित समाचारसबै