चलचित्र निर्माता संघको सदस्यमा रामप्रसाद मनोनीत

0 Shares

काठमाडौं ।

युवा निर्माता रामप्रसाद रिजाल चलचित्र निर्माता संघको कार्यसमिती सदस्य पदमा मनोनीत भएका छन । `वान डे´,`कसम´,`धुवाँ´,`डिसेम्बर फल्स´ निर्माण गरिसकेका उनी अब `काजी´ निर्माण गर्ने तरखरमा छ्न ।  रामप्रसाद सद्स्यमा मनोनित भएको जानकारी चलचित्र निर्माता संघले बिज्ञप्तीमार्फत दिएको हो ।

निर्माता रिजालले पदीय दायित्व निर्वाह गर्दै नेपाली फिल्म क्षेत्रको विकास र निर्माताको हकहितको पक्षमा काम गर्ने प्रतिवद्द्ता जनाएका छ्न । संघले पनि युवा निर्माता रामप्रसादबाट सकारात्मक पहलकदमीको अपेक्षा राखेको छ ।

सम्बन्धित समाचारसबै