बालमनोबिज्ञानमा प्रशान्त बनाउदैछन् ‘सारंग’,मुख्य भूमिकामा ऋचा

0 Shares

काठमाडौ ।
अभिनेत्री ऋचा शर्मा मुख्य भूमिकामा लिएर नयाँ फिल्म ‘सारंग’ निर्माण गरिने भएको छ । कोरियोग्राफरको रुपमा स्थापीत प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने फिल्म बारे बिहीबार राजधानीमा प्रेसमिट गरि जानकारी दिइएको छ ।
बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा बन्ने फिल्मको सुटिङ २ बैशाखबाट सुरु गरिदैछ । कार्यक्रमका प्रमुख आथिति कान्जिरोवा नेसनल स्कुलका प्रिन्सिपल रञ्जीत थापाले यो फिल्मले आममानिसमा मनोरञ्जनका साथै यथेष्ट सूचना प्रदान गर्ने बिश्वास ब्यक्त गरे । उनले आफू र कान्जिरोवा स्कुलका तर्फबाट ‘सारंग’ लाई भरपुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । त्यसैरी, स्कुलका कोअर्डिनेटर बिकास बस्नेतले पनि यो फिल्मको निर्माण,प्रदर्शनमा आफूहरुले सक्दो सहयोग गर्ने बताए ।


निर्देशक प्रशान्तले आफूले समाज,घरपरिवारमा देखि,भोगी आएका बिषयलाई पर्दामा उतार्न लागेको बताए । यसअघि पनि बालमनोबिज्ञानको बिषयमा ‘ठूलो मान्छे’ निर्देशन गरेका प्रशान्तले फिल्ममार्फत समाजलाई केही सकारात्मक सन्देश प्रवाह गर्ने प्रयासमा रहेको बताए । कार्यक्रममा अभिनेत्री ऋचा शर्माले यो फिल्ममा आफू बिगतका भन्दा फरक भूमिकामा प्रस्तुत हुन लागेको बताइन् । उनले ‘सारंग’ को स्क्रिप्ट तथा निर्देशक प्रशान्तको कार्यशैली मन परेको र फिल्म पनि अब्बल बन्ने बिश्वास ब्यक्त गरिन् । केही दिनदेखि ओर्कसप भइरहेको फिल्मको सुटिङ काठमाडौ आसपासमै गरिनेछ ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको डिओपी गोपाल राय छन् । मित्र ध्वज गुरुङले सम्पादन गर्ने फिल्मका गीत डिपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’ को छ । ऋचाका साथमा उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसीका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्दैछन् ।
कार्यक्रममा गीतकार शंकर थापा स्माइल,रंगकर्मी राजेन्द्र रिमाल,चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली तथा नवअभिनेत्री अनिषा न्यौपानेले ‘सारंग’ लाई शुभकामना ब्यक्त गरेका थिए । फिल्म बाल दिवसको अबसर पारेर सार्वजनीक प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।

सम्बन्धित समाचारसबै