0
Shares
१८ चैत्र,काठमाडौं ।
‘मीराः स्याडो अफ अ रेन्बो’ नामक फिल्मको दुई पोस्टर आइतबार सार्वजनिक गरिएको छ । अटिजम रोग पीडित बच्चा र आमाको संघर्षको बिषयमा निर्माण गरिएको फिल्मलाई अनिता पान्डेले निर्देशन गरेकी हुन ।
हजारौ इच्छा,आकाङ्क्षा पालेका महिलाको जीवन कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा आफ्नो फिल्मले अहम भूमिका खेल्ने दावी निर्देशक पान्डेको छ ।
फिल्ममा निर्देशक अनिता स्वयम् प्रमुख भुमिकामा छिन । केही समयमा फिल्मको प्रदर्शन मिति तोकिने फिल्ममा अनिताका साथमा सुरवीना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरे अभिनय गरेकी छिन । फिल्म आश्वि फिल्मसको ब्यानरमा निर्माण गरिएको हो