निर्देशक बोहराको ‘चमेलीको पोई’ बाट कमब्याक गर्दै नारायण त्रिपाठी

0 Shares

काठमाडौं,१२ फागुन ।
निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ फिल्म ‘चमेलीको पोई’ बाट चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कम ब्याक’ गर्ने भएका छन् । बिगत लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी निर्देशक बोहराको ‘चमेलीको पोई’ मा अनुबन्धित भएका हुन् ।

सन् २०२४ मै छायांकन गरी प्रदर्शनमा ल्याउने योजनाका साथ निर्देशक बोहराले शुक्रबार ‘चमेलीको पोई’ घोषणा गरेका हुन् । कमेडी जनराको ‘चमेलीको पोई’ मा अरु कलाकार को को हुनेछन् भन्ने अहिलेलाई गोप्य नै राखीएको छ । निर्देशक बोहराले शनिबार आफ्नो फिल्ममा अमेरिका निवासी पुराना चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई भित्र्याएको जानकारी दिएका छन् । ‘प्रेमचरो’ को उपनामले चर्चित त्रिपाठी र निर्देशक बोहराको दोस्ती निकै पुरानो हो । आफूले अल्लारे उमेरमै हाँस्य कलाकार त्रिपाठीलाई बिभिन्न नाटक,टेलिफिल्म हुदै फिचर फिल्म ‘अग्नी परिक्षा’ मा अभिनय गराएको स्मरण गर्दै ‘चमेलीको पोई’ मार्फत उनको ‘कमब्याक’ गराउन लागेकोमा खुशी लागेको बताएका छन् ।


हाँस्य प्रदान सामाजीक बिषयको फिल्ममा त्रिपाठी एक प्रमुख भूमिकामा रहने छन् । अमेरिकामा पनि बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो हाँस्य प्रस्तुतिलाई निरन्रतरता दिइरहेका त्रिपाठी सामाजीक कार्यहरुमा पनि उत्तिकै सक्रिय छन् । फिल्म लेखक,गीतकार,अभिनेता हुदै समाजसेवामा पनि सक्रिय निर्देशक बोहराले यसअघि ‘अग्नी परिक्षा’,‘कान्छा’,‘मुटु’,‘ठूली’,‘भैरे’,‘श्री’ र ‘हेलो जिन्दगी’ फिल्म निर्देशन गरिसकेका छन् ।

सम्बन्धित समाचारसबै