काठमाडौं,३ फागुन ।
नेपाली कलाकारहरुको नगरी मानिने अमेरिकाको बाल्टिमोरमा नेपाली उत्साहीत युवाहरुले रोयल किचन नामक रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । सो रेष्टुरेन्टको हालै बरिष्ट फिल्म निर्देशक नारायण पुरीले रिवन काटेर उद्घाटन गरेका छन् । कार्यक्रममा हाँस्य अभिनेता,गायक रतन सुवेदी,अभिनेत्री पूजा चन्दलगायतका कलाकार,स्थानीय ब्यबसायी तथा समाजसेवी उपस्थित थिए ।
नेपाली र इन्डियन परिकारहरु उपलब्ध हुने रेष्टुरेष्टमा बिसुद्ध नेपाली परिकारहरुका साथ आफ्नै मातृभूमिमा रहेको आभाष दिने प्रयास रेष्टुरेन्ट संचालनहरुको छ । अमेरिका निवासी उत्साही र अनुभवी युवाहरु सन्तोष घिमीरे,सरोज बस्नेत र सेफ कृष्ण सापकोटाले नयाँ ब्यबस्थापनका साथ संचालन गरेको रेष्टुरेन्टमा दिनुहँ नेपाली तथा बिदेशीहरुको भीड लाग्ने गरेको छ । निर्देशक पुरीले युवाहरुले जहाँ रहे पनि नेपालीपन कायम राख्दै सेवा दिइरहेकोमा खुशी ब्यक्त गरे । उनले रेष्टुरेन्टको सर्भिस निकै अब्बल हुनुका साथै परिकार पनि स्वादिष्ट रहेको जानकारी दिदै शुभकामना ब्यक्त गरे ।