निर्माता रामप्रसादको मुटुका तीन वटा भल्भ ब्लक,दिल्लीमा उपचार गराउदै

0 Shares

काठमाडौं,१५ असोज ।
निरन्तर फिल्म निर्माणमा सक्रिय युवा निर्माता रामप्रसाद रिजालको मुटुमा गम्भीर समस्या देखिएको छ । केही समयअघि हृदयाघात भएपछि उजागर भएको मुट रोगको हाल उनी दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेका छन् ।
हृदयाघातपछिको रिपोर्टमा ३७ बर्षीय रामप्रसादको मुटुका तीन वटा भल्भ ९० प्रतिशत ब्लक भएको देखिएको थियो । डाक्टरले तत्काल उपचार सुरु गरिहाल्ने सल्लाह दिएको भए तापनि गत १४ भदौमा उनी आफू निर्मित पछिल्लो फिल्म ‘गणपति’ को रिलिजमा ब्यस्त हुनु परेको थियो ।

‘अहिले धेरै नै असहज भएकाले दाई दिल्ली जानुभएको हो,’ निर्माता रामप्रसादका भाइ निर्देशक लक्ष्मण रिजालले भने । रिजाल एण्ड रिजाल प्रोडक्सनबाट हालसम्म ‘वान डे’,‘कसम’,‘धुवाँ यो नशा’,‘कायरा’, ‘डिसेम्बर फल्स’ र ‘गणपति’ फिल्म निर्माण गरिसकेका रामप्रसादले बेलायतमा छायांकन गर्ने नयाँ फिल्म ‘काजी’ घोषणा गरिसकेका छन् । लक्ष्मण रिजालको निर्देशनमा बिपीन कार्की र बर्षा शिवाकोटी स्टारर ‘काजी’ को आफू निको भएपछि सुटिङ थाल्ने योजना उनको छ ।
०००

सम्बन्धित समाचारसबै