अभिनेत्री उमाको मताधिकार सुनिश्चित गर्न कलाकार संघलाई जिल्ला प्रशासनको आदेश

0 Shares

काठमाडौं,३१ बैशाख ।
जिल्ला प्रशासन कार्यालय,काठमाडौंले अभिनेत्री उमा कार्कीलाई मताधिकार प्रदान गर्न चलचित्र कलाकार संघलाई आदेशात्मक निर्देशन दिएको छ । अभिनेत्री कार्कीले मतदान अधिकार दिलाइ पाउ भनेर बिहीबार सिडियो कार्यालयमा निवेदन दिएकी थिइन् । उनले आफ्नो सदस्यता नवीकरणका लागि संघका सचिव रामेश्वर बुर्लाकोटीलाई केही महिनाअघिनै ५४०० रुपैयाँ बैकमार्फत तिरेकोे भए तापनि मतदाता सूचिमा आफ्नो नाम नभेटेपछि संघ समक्ष प्रश्न उठाएकी थिइन् ।

संघका अध्यक्ष मोहन निरौला तथा सचिव बुर्लाकोटीले उजुरी लिन नमान्नुका साथै निर्वाचनका लागि अन्तिम नामावली प्रकाशीत भइसकेकाले यसपाली मतदान गर्न नपाउने बताएपछि बाध्य भएर न्यायका लागि आफू प्रशासन समक्ष पुग्नु परेको उमाले बताएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उमाको उजुरी उपर सुनुवाइ गर्दै चलचित्र कलाकार संघलाई मतदान अधिकार प्रदान गर्न आदेश दिएको छ ।

उमाले जिल्ला प्रशासन कार्यालय काठमाडौमा हालेको उजुरी र निर्णयका कागजात :–
साढे दुई दशक अघिबाट अभिनयमा सक्रिय उमाले ‘थोरै भए पुगिसरी’,‘जीवन चक्र’,‘भरोसा’ लगायतका चर्चित टेलिश्रृंखला,‘क्याबिन गर्ल’,‘पिरिम पर्या छन्,’,‘अपहरण’,‘टिचर’,‘यो साइनो मायाको’ लगायतका थुप्रै फिचर फिल्ममा अभिनय गरेकी छिन् ।
प्रशासन कार्यालयले दिएको आदेशात्मक अनुरोधप्रति चलचित्र कलाकार संघको निर्णय के आउछ, त्यो भने हेर्न बाँकी नै छ । तर, सचिव जस्तो जिम्मेवारीपूर्ण पदमा बसेको ब्यक्तिले नवीकरणको लागि नीजि खातामा पैसा डिपोजिट गर्न लगाएको तथा नवीकरण नगरेर चुनावको मुखमा मतदान गर्नबाट बन्चित गराएको भने संघभित्रनै सचिव बुर्लाकोटीप्रति असन्तुष्टि र बिरोधका स्वर उठ्न थालेको छ । सचिव बुर्लाकोटीले तीन बर्षको रिन्यु गर्नुपर्ने भनेर ५४०० रुपैया लिएको भए तापनि खासमा आफ्नो दुई बर्षको मात्र रिन्यु गर्नुपर्ने देखिएको उमाले बताएकी छिन् ।

हेर्नुस् भिडियोमा पूरा कुरा –

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचारसबै